बाँकेमा साउन ३१ देखि सम्पूर्ण व्यवसाय खुल्ने !

154

नेपालगन्ज– बाँकेमा साउन ३० गते रेडिमेड फेन्सी तथा कपडा पसल संचालनमा आउने भए पनि ३१ गतेदेखि भने सम्पूर्ण पसल व्यवसायलगायत निजी उद्यम संचालन गर्न पाइने भएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि नेपालगन्ज उपमहानगरपालिकाको चार किल्ला सिल गरिएकोमा बुधबारबाट हट्ने भए पनि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, कुनै पनि किसिमका भेला, सम्मेलन वा जमघट हुने खालका धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक कार्यक्रम नगर्न, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत नगरी नहुने सामाजिक तथा सांस्कृतिक कार्यक्रममा न्यूनतम सामाजिक दूरी कायम गरी १५ जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने बैठकले निर्णय गरेको छ ।

त्यस्तै २८ गते (भोलि) देखि अत्यावश्यक सेवा र अत्यावश्यक प्रकृतिका पसल व्यवसाय संचालन गर्न र बैंक तथा वित्तीय संस्थाहरुको हकमा २८ गते आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी साउन २९ गतेदेखि संचालन गर्न पाउने निर्णय गरेको छ भने जिल्लाभित्र संचालन हुने निजी तथा सार्वजनिक सवारी साधन ३१ गतेदेखि जोर बिजोर नम्बरका अधारमा संचालन गर्न पाइनेसमेत बैठकले निर्णय गरेको छ ।

Womui
Womui