६३८ थपिए, नेपालमा २३९४८ संक्रमित, ८३ को मृत्यु

32

काठमाडौं– पछिल्लो २४ घण्टामा ६३८ कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या २३९४८ पुगेको छ । देशभर १०४६२ जनाको पीसीआर परीक्षणमा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा १७१ जना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै संक्रमणबाट अहिलेसम्म घर फर्कनेको संख्या १६६६४ रहेको छ ।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट संक्रमित मध्ये ८३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा धनुषाका २ जना, काभ्रे र सिन्धुपाल्चोकका १र१ जना रहेका छन् ।

Womui
Womui