बाँकेमा २ चिकित्सकसहित १५ संक्रमित थपिए

103

नेपालगन्ज- बाँकेमा २ चिकित्सकसहित थप १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १५ जनामा भाइरस संक्रमण पुष्टि हुने क्रममा नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा २ जना महिला चिकित्सक पनि परेका हुन्।

त्यस्तै भेरीमा गरिएको परीक्षणमा नेपालगन्जका १२ जना, डुडुवा गाउँपालिकाका ३ जना, कैलालीका २, दाङ, बर्दिया र सल्यानमा १–१ जना गरी सोमबार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

Womui
Womui