बाँकेका सूचना अधिकारीलाई अभिमुखीकरण

103

नेपालगन्ज- कोरोना भाइरस(कोभिड–१९) को समस्याका बीच जिल्लामा रहेका सार्वजनिक निकायका सूचना अधिकारीको क्षमता विकासका लागि आइतबार सूचना अधिकारी अभिमुखीकरण भर्चुअल कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा जिल्ला हुलाक कार्यालय बाँके र सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र बाँकेको समन्वयमा सूचना प्रविधिको अधिकतम उपयोग गर्दै जुममार्फत उक्त कार्यक्रम गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरावाङ्गले सुरु गरेकोे जिल्लाका नागरिकलाई सुशासन तथा कानूनको शासनको प्रत्याभुति दिलाई जनतामा राज्य संयन्त्र प्रतिको आसातथा भरोसा सृजना गराउने अभियान अन्र्तगत यस्तो कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रमको मूख्य वक्ता तथा सहजकर्ता पूर्बप्रमुख सूचना आयूक्त कृष्णहरी बास्कोटा तथा विशेष बक्तामा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्धराज उपाध्याय तथा अन्य बक्तमा जिल्ला हुलाक कार्यालयका प्रमुख गोबिन्द प्रसाद पाण्डे र सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र बांकेका अध्यक्ष विश्वजित तिवारी रहेका थिए ।

अभिमुखीकरण कार्यक्रममा सबै सार्बजनिक निकायका सूचना अधिकारीहरुको काम, कर्तब्य तथा अधिकार, सूचनाअधिकार कानून, नागरिक र सूचना अधिकारको सम्बन्ध, सूचना प्रवाह गर्ने तरिका, सुशासन र सूचनाको हक लगाएतका बिषयमा सूचना अधिकारीहरुलाई जानकारी दिइएको थियो । कार्यक्रममा बाँकेका ५० भन्दा बढी सार्वजनिक निकायका सूचना अधिकारीको उपस्थिति रहेको थियो । सूचना अधिकारीलाई यसरी क्षमता बिकास गरेर आयोजकले निकै राम्रो काम गरेको कुरा कर्मचारी संचय कोष कार्यालय कोहलपुरका सूचना अधिकारी मनोज लामिछानेले बताए । कोरोना कहरका बीच सूचना प्रबिधिको प्रयोग सूचना अधिकारीको क्षमता विकासको कार्यक्रम नेपालमा पहिलोपटक गरिएको वाणिज्य कार्यालय नेपालगंजका सूचनाअधिकारी देबीलाल चौलागाईले बताए । कार्यक्रममा पत्रकार शुक्रऋषी चौलागाईले सूचनाको हकका क्षेत्रमा कार्यरत निकायहरुले तथा पदाधिकारीहरुले थप सक्रियता बढाउनुपर्ने बताएका थिए । सूचना अधिकारी अभिमुखीकरण भर्चुअल कार्यक्रमको सञ्चालन तथा सहजीकरण सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले गरेका थिए ।

Womui
Womui