४६४ थपिए, नेपालमा २२२१४ संक्रमित, ७० को मृत्यु

31

काठमाडौं- कोरोना भाइरसका ४६४ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमित हुनेको संख्या २२२१४ पुगेको छ भने संक्रमितमध्ये ७० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७९२६ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ४६४ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ४२५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या नेपालमा १५८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Womui
Womui