बाँकेमा ४ दिन थपियो निषेधाज्ञा, उल्लङ्घन गर्ने २ सयलाई कारबाही

26

बाँके–बाँकेमा कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा अवधि थपिएको छ । पछिल्लो समय बाँकेमा एकैपटक ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ४ दिनका लागि निषेधाज्ञा अवधि थपिएको हो । पछिल्लोपटक लगाइएको निषेधाज्ञा अवधि शनिबार (भोलि) राति १२ बजेसम्म थियो भने अब मंगलबार राति १२ बजेसम्मका लागि कायम गरिएको छ ।

त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्ने करिब २०० जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । बाँकेमा निषेधाज्ञा उल्लङ्घनका घटना बढेपछि निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलगायत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफैँ फिल्डमा खटेर आदेश अवज्ञा गर्नेलाई कारबाही गरेका हुन् । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगन्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको थियो भने केहीलाई क्वारेन्टिन पठाइएको छ । निषेधाज्ञा उल्लङ्घन गर्दै पसल खोल्ने, अटो रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर संक्रमण रोग नियमन उल्लङ्घन ऐनअन्तर्गत १०० रुपैयाँ जरिवाना लिएर छाडिएको छ ।

Womui
Womui