नेपालगन्जको चार किल्ला सिल

247

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिकाको चार किल्ला सिल गरिएको छ । शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले शनिबार (भोलि) राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्मका लागि नेपालगन्जका उपमहानगरका चार किल्ला सिल गर्ने निर्णय गरेको हो । सिल गरिएको क्षेत्रमा सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पीपलचौतारा हुँदै बाँके गाउँ, बाँके गाउँबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र रहेका छन् ।

त्यस अवधिमा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाउनुका साथै हिँड्डुल तथा व्यवसाय संचालनमा समेत पूर्णरुपमा निषेध गरिएको छ ।

Womui
Womui