३६० थपिए, नेपालमा २१७५० संक्रमित

68

नेपालगन्ज–पछिल्लो २४ घण्टामा नेपालमा ३६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसले संक्रमित हुनेको संख्या २१७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार २४ घण्टामा पीसीआर विधिबाट गरिएको ६६२२ नमुना परीक्षणमा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्नै पछिल्लो २४ घण्टामा २३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १५३८९ पुगेको छ। त्यस्तै संक्रमितमध्ये ६५ मृत्यु भएको छ ।

Womui
Womui