सक्रिय पत्रकारलाई सदस्यताबाट वञ्चित नगर्न युनियन बाँकेको ध्यानाकर्षण

71

नेपालगन्ज, साउन २२-
जिल्लामा सक्रिय रहेका पत्रकार तथा सञ्चारकर्मीलाई पत्रकार महासंघको सदस्यताबाट बन्चित नगर्न नेपाल प्रेस युनियन बाँकेले ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघ बाँकेलाई बिहीबार युनियनले उक्त ध्यानाकर्षण पत्र बुझाएको हो । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले महासंघका अध्यक्ष ठाकुरसिंह थारुलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे ।

महासंघ बाँकेले हालै गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको युनियनले जनाएको छ । युनियनले नयाँ सदस्यताका लागि महासंघ बाँके शाखाले आब्हान गरेको सूचना जिल्लामा क्रियाशिल अधिकांस पत्रकार तथा सञ्चारकर्मीलाई जानकारी नभएको, कोरोना भाइरस (कोभिड–१९) महामारीको विषम परिस्थिती यथावत रहेको र पत्रकार महासंघ केन्द्रिय समितिले समेत नयाँ सदस्यताका लागि फाराम भर्न आब्हान गरेको समायवधि बाँकी रहेकाले शाखाले गरेको उक्त निर्णयबाट जिल्लाका अधिकांस पत्रकार तथा सञ्चारकर्मी बञ्चित हुन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

सदस्यताका लागि फाराम भरेर फाइल तयार गरिसकेका पत्रकार तथा सञ्चारकर्मीको नयाँ सदस्यता फाराम(फाईल) अबिलम्व बुझिदिन युनियनले महासंघ बाँकेसँग माग गरेको छ । ध्यानाकर्षण पत्र हस्तान्तरण गरिसकेपछि युनियन बाँकेका अध्यक्ष ओलीेले कुनैपनि बहानामा सक्रिय पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्न नहुने बताए । ‘अधिकांस पत्रकारहरुलाई सदस्यता फाराम बुझाउनबाट बञ्चित गराइएको अवस्था छ, जिल्लामा सक्रिय रुपले काम गरिरहेका पत्रकारले महासंघको सदस्यता पाउनुपर्छ,’ उनले भने । महासंघले नयाँ सदस्यता वितरणमा पक्षपात गरेमा स्वीकार्य नहुने युनियनको चेतावनी छ । ध्यानाकर्षण पत्र बुझिसकेपछि महासंघ बाँकेका अध्यक्ष थारुले जिल्लामा सक्रिय रुपले काम गरिरहेका कुनैपनि पत्रकारलाई सदस्यताबाट बञ्चित नगर्ने प्रतिवद्धता जनाए । अहिलेसम्म प्राप्त भएका फाईललाई छानविन गरी महासंघको मापदण्ड अनुसार सदस्यता दिइने उनको भनाई थियो । सदस्यता वितरणमा कसैलाई पनि पक्षपात नगर्ने अध्यक्ष थारुले बताए ।

Womui
Womui