३८१ थपिए, नेपालमा २१३९० संक्रमित, ६० को ज्यान गयो

38
सांकेतिक तस्बिर ।

नेपालगन्ज– नेपाल दिनप्रति दिन कोरोना भाइरसको संक्रमित गर्नेको संख्या बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ३८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार २४ घण्टामा पीसीआर विधिबाट गरिएको ६३५९ नमुना परीक्षणमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३० जना उपचारपछि निको भएर घर फर्किएका छन्। योसँगै निको भएर घर फर्कनेको संख्या नेपालमा १५१५६ पुगेको छ भने कूल संक्रमितमध्ये ६० जनाको मृत्यु भएको छ।

Womui
Womui