नेपालको १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा

116
सांकेतिक तस्बिर । जी.थापा

नेपालगन्ज – नेपालमा दिनप्रति दिन कोरोना भाइरसका संक्रमित बढ्दै छन् । कोरोना भाइरसको संक्रमण नेपालमा बढ्दै गएपछि सरकारले संक्रमण नियन्त्रणका लागि १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेको छ ।

लकडाउन अन्त्य गरेसँगै देशभर कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागू गरेको छ ।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ। पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि सरकारले निषेधाज्ञा लगाएको हो ।

Womui
Womui