जीर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुनर्निर्माण सुरु

76

बाँके (डुडुवा)–बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ उचुवा बाबा कुटीस्थित जीर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुनर्निर्माण तथा मर्मत सम्भारको कार्य सुरु गरिएको छ । करिब डेढ सय वर्ष पुरानो ऐतिहासिक मन्दिरको समयमा भौतिक संरचनालाई मर्मत नगरिएपछि मन्दिर जीर्ण अवस्थामा भत्किएको हो ।
गाउँपालिकाभित्र रहेको ऐतिहासिक मन्दिरलाई धार्मिक तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्देश्यले सो मन्दिरको पुनर्निर्माण सुरु गरिएको हो । बुधबार मध्यान्हको समय शुभमुर्हुतमा सो मन्दिर भवनको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे । उनले मन्दिरको शिलान्यास गर्दै गाउँपालिकाभित्र थुप्रै धार्मिक मठ मन्दिर, मस्जिदहरु रहेकाले केही ऐतिहासिक पुराना संरचनालाई पुनर्निर्माण तथा मर्मत सम्भार गर्न स्थानीय सरकारको जिम्मेवारी अनुरूप पुनर्निर्माणको कार्य सुरु गरिएको बताए । अध्यक्ष चौधरीले यस्ता धार्मिक केन्द्रको संरक्षण र सम्बद्र्धन गरी पर्यटन क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बजेटको अभावमा सोचे जति गर्न नसके पनि थोरै बजेटबाट सुरुवात गरेको बताए ।
रामजानकी मन्दिरमा अष्टधातुबाट निर्मित रामसीता, लक्ष्मण, गणेश, हनुमान, शालीग्रामको ऐतिहासिक मूर्ति रहेको छ । मन्दिरमा भजन कीर्तन कोठा, गर्भ गिरी, स्टोर कोठाको पुनर्निर्माण सुरु गरिएको छ । बाउण्ड्रीसहित मन्दिर निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अहिले पहिलो चरणमा १५ लाख रुपैयाँबाट निर्माण थालिएको गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले जानकारी दिएका छन् ।
करिब ५ कठठ्ठा बढी जग्गामा रहेको मन्दिरको नाममा डुडुवा वडा नम्बबर ६ मा १४ विगाहा पक्का खेतीयोग्य जमिनसमेत रहेको मन्दिरका पुजारी भग्गन महाराजले बताए । मन्दिरमा दसँै, रामनवमी, कृष्णा जन्माअष्टमीलगायतका अवसरमा भजन कीर्तन, भण्डारा, र मेला लाग्ने गर्दछ ।

Womui
Womui