पशुबध व्यवस्थापनको माग गर्दै अदालतमा रिट

144

नेपालगन्ज, भदौ २२-
अव्यवस्थित पशुबधशाला विरुद्ध पुनरावेदन अदालत नेपालगन्जमा रिट दायर भएको छ । नेपालगन्जका अधिवक्ताद्धय अधिवक्ता रुद्रमणि न्यौपाने र विश्वजित तिवारीले कोहलपुर नगरपालिकाविरुद्ध रिट दायर गरेका हुन् । यसअघि अधिवक्ता लोकबहादुर शाहले नेपालगन्ज उपमहानगरपालिका विरुद्ध पशुबधशाला व्यवस्थापनको माग गर्दै रिट दायर गरेकोमा अदालतले विपक्षीविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो ।1
निवेदकले यथासक्य छिटो व्यवस्थित पशु बधशाला निर्माण गरी गराई सञ्चालन गर्न, बध गरिने पशु तथा बिक्री गरिने मासुको नियमित रुपमा जाँच, निरिक्षण एवं अनुगमन गर्न र गराउन, सबै मासु पसलहरु अनिवार्य रुपमा दर्ता गर्न लगाउन, नगरक्षेत्रमा सडक, बाटो, चौक, गल्ली समेतमा जथाभावी पशुबध गर्ने र मासु बेचविखन गर्ने कार्य लाई तत्काल रोक्न निषेधाज्ञा तथा परमादेशको माग गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका सहित पशु सेवा कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय लगायत सरकारी निकाय तथा सम्वन्धित कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको छ । दायर रिट निवेदन उपर सुनुवाई गर्दै न्यायाधिश अवधबिहारी प्रसाद सिन्हाको एकल ईजलासले सार्वजनिक सरोकारको बिषयमा मुद्दा दर्ता गर्ने अनुमती प्रदान गरेपछि मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा भोली बुधबार पेशी तोकिएको अदालतले जनाएको छ ।

Womui
Womui