आमहड्ताल खुल्दा बर्दियामा चहल पहल बढ्यो

242

नेपालगन्ज, भदौ २२–
आन्दोलनरत थरुहट संयुक्त संघर्ष समितिले बर्दियामा आजदेखि आमहड्ताल फिर्ता लिएको छ । समितिले आजबाट आगामी २६ गते सम्म खुला गरिएको हो । आमहड्ताल खुलेसँगै बर्दियामा आज बिहानैदेखि यातायात साधन, बजार, शिक्षण संस्था, उद्योग, कलकारखाना सञ्चालनमा आएका छन् । लामो समय सम्म व्यापार, व्यवसाय गर्न नपाएका व्यवसायीले आज पसल खोलेको प्रहरीले जनाएको छ । सदरमुकाम गुलरियासहित बाँसगढी, भुरिगाउँ, ताराताल, राजापुरमा चहल पहल बढेको छ ।

बर्दियाको गुलरिया बजार ।
बर्दियाको गुलरिया बजार ।

संर्घष समिति बर्दियाका संयोजक गोविन्दप्रसाद थारुले प्रेस विज्ञप्तीमा भदौ २२ देखि २६ गतेसम्म शिक्षण संस्था, बजार र चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सम्पुर्ण सार्वजनिक, निजी तथा सरकारी यातायात साधन सञ्चालन गर्न दिइने उल्लेख गरेका छन् । ‘आम हड्ताल बाहेक केन्द्रबाट घोषित अन्य कार्यक्रम भने जारी रहनेछन,’ विज्ञप्तीमा भनिएको छ ‘सरकारले माग सुनुवाई नगरे २७ गतेबाट फेरी आमहड्ताल सुरु गर्छौ ।’ नजिकिदै गरेको तीज, पञ्चमी र अटवारी पर्वमा पनि आम हडताल नगर्ने थरुहट बर्दियाले प्रष्ट्याएको छ ।

Womui
Womui