मन्त्रिपरिषद बैठकका विभिन्न निर्णय

79

काठमाडौं, भदौ २२–
मन्त्रिपरिषद बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । बैठकले सहसचिवद्वय महेश पौडेल र कमलमणि घिमिरेलाई सचिवमा बढुवा गरेको छ । उक्त बैठकले नेपाल न्याय सोवा परिषदको सिफारिदमा सहसचिवद्वयलाई सचिवमा बढुवा गरेको हो । राजस्व न्यायाधिकरण कानुन सदस्यमा पुष्पलता माथेमा, सत्यराजा गुरुङ र यज्ञप्रसाद बस्याललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । लगानी कोषको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाललाई नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा.मीनेन्द्र रिजालका अनुसार बैठकले त्रिवि शिक्षण अस्पतालका हार्डजोर्नी विशेषज्ञ डा. गोविन्द केसीसँग सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल र मुख्य सचिव डा. सोमलाल सुवेदीले गत शनिबार गरेको वार्तामा भएको सहमति अनुसार चिकित्साशास्त्र शिक्षा आयोग गठनका लागि व्यवस्थापिका संसदको सामाजिक समितिमा पठाउने निर्णय गरेको छ ।

Womui
Womui