जनकपुरका विभिन्न स्थानमा झडप, गोली लागि ३ घाइते

43

छिनछिन खबर
जनकपुर, भदौ २१

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गोली लागेर तीन जना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीले कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका छन् भने एमाले कार्यालयमा अजगनी गर्ने प्रयास गरेका थिए । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा तीन जनालाई रबरको गोली लागेको छ भने १५ जना सामान्य घाइते भएका छन् । रबरको गोली लाग्नेमा सुनिल रावत, रन्जित साह र  रमेश चौधरी रहेका छन् । मधेसी मोर्चाका कार्यकर्ता लाठीसहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले राराब क्याम्पस नजिकै रहेको नेपाली कांग्रेस धुनुषाको कार्यालयमा पेट्रोल छर्कर आगजनी गरेका छन् । आगलागीका कारण कार्यालयमा भएको कागज पत्र जलेर नष्ट भएको छ । प्रहरीले दमकलको सहयोगमा आगो निभाएको थियो । त्यहाँ आगजनी गरेलगतै मोर्चाका कार्यकर्ता एमाले धनुषाको पार्टी कार्यालयमा गई आगजनी तथा फोडफोडको प्रयास गरेपछि प्रहरीले असफल पारेको थियो । त्यस्तै जनकपुरका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

Womui
Womui