आइतबारदेखि बाँकेमा निषेधाज्ञा

192

नेपालगन्ज– बाँकेमा आइतबार (भोलि)देखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बाँकेमा कोरोना संक्रमणको जोखिम बढेका कारण जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आपतकालीन बैठकले आइतबारदेखि तीन दिनसम्मका लागि पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
लकडाउन खोलेसँगै नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आइतबारदेखि निषेधाज्ञा लगाइने बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले बताएका छन् ।
बाँकेमा पछिल्लो ७२ घण्टामा ३६ जनामा कोरोना संक्रमण देखिसकिएको छ ।

Womui
Womui