पहिरोको बितण्डाः एकै परिवारका सातकोे मृत्यु

29
सांकेतिक तस्बिर ।

नेपालगन्ज– पहिरोमा परी एकै परिवारका ७ जनाको मृत्य भएको छ । कालीकोट नरहनीनाथ गाउँपालिकामा पहिरोले पुरिँदा एकै परिवारका ७ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । यसका साथै एकजना बेपत्ता भएका छन् ।
मंगलबार राती आएको पहिरोका कारण वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढासहित उनकी ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी बिमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम र एक वर्षका चरित्रको मृत्यु भएको हो ।
मृतकमध्ये ६ जनाको सव घटनास्थलबाटै निकालिएको थियो भने छोरी बिमलाको उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
त्यसैगरी सोही गाउँपालिका वडा नम्बर ४ मा पहिरोले घर पुरिँदा ६५ वर्षीय बाले बुढा बेपत्ता भएका छन् भने उनी ६५ वर्षीय श्रीमती मनाको मृत्यु भएको छ । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Womui
Womui