कांग्रेस जिल्ला सभापतिसहित १५ जनाले दिए रुकुम टुक्राएको विरोधमा सामूहिक राजीनामा 

44

छिनछिन खबर
रुकुम, भदौ २१

जिल्लालाई टुक्राएको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित १५ जनाले सामूहिक राजीनामा दिएका छन् । जिल्ला सभापति मानबहादुर नेपालीसहितका नतेाहरुले सोमबार दिउँसो पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा महासमिति सदस्य एवम् सभासद मिठु मल्ल, पूर्व राज्यमन्त्री गोपालजीजंग शाह, पूर्वसहायक मन्त्री केशरमान रोका, महासमिति सदस्य प्रेमप्रकाश ओलीलगायत छन् । ‘बाग्लुङलाई अखण्ड राखियो, हाम्रो रुकुमलाई टुक्राइयो’ सभासद मल्लले भनिन्, ‘पार्टीले न्याय दिन सकेन, त्यसैले राजीनामा दियौं ।’ उनले आफूले सभासद पदबाट नभइ महासमिति सदस्यबाट राजीनामा दिएको बताइन् ।

Womui
Womui