गच्छदारद्वारा आन्दोलनको घोषणा

44

छिनछिन खबर
विराटनगर, भदौ २१

bijay-gachhadarप्रमुख तीन दलसँग असन्तुष्ट रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आन्दोलनको घोषणा गरेका छन् । सुनसरीको इटहरीमा उनले सभालाई सम्बोधन गर्दै आन्दोलनको थालनी घोषणा गरेका हुन् । सभालाई सम्बोधन गर्न आएका गच्छदारलाई कार्यकर्ताले बिराटनगर विमानस्थलमा शक्ति प्रदर्शनसहित स्वागत गरे। मधेस बन्दका बावजुद सैयौंको संख्यामा मोटरसाइकलमा बिमानस्थल पुगेका कार्यकर्ताले गच्छदारलाई फूलमाला लगाएर नाराबाजी गर्दै विमानस्थलदेखि महेन्द्र चोकसम्म पुर्‍याएका थिए । नाराबाजीका क्रममा गच्छदारका समर्थकले मधेसी-जनजाति-मुस्लिम एक हौं भन्ने नारा लगाएका लगाउँदै सामान्य रुपमा खुलेका पसलसमेत समेत बन्द गर्न लगाएका थिए ।

यसैबीच विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्छदारले मंगलबार बस्ने संविधानसभा बैठकमा आफ्नो असहमति दर्ज गर्ने बताए  । दलबीच अधिकतम सहमति गरेर भए पनि संविधान सभाबाटै मुलुकलाई संविधान दिनुपर्ने उनले बताए । उनले प्रमुख दलहरुले फेरि राजनीतिक सहमति गर्न आवश्यक रहेको बताए । अबको केही दिनमा मुलुकले नयाँ संविधान पाउने बताउँदै उनले संविधानमा सबै नेपाली जनताको भावना समेटिन असम्भव भए पनि अधिकतम नेपाली जनताको भावना समेटेर संविधान जारी हुने प्रष्ट्याउँदै संविधान जारी गर्नुपूर्व आन्दोलनरत पक्षसँग वार्ता गरेर राजनीतिक सहमति गरिनु पर्ने प्रमुख तीन दललाई सुझाव दिए । उनले मधेसी, आदिवासी, जनजाति, थारुलगायतको माग सम्बोधन नगरिए  मुलुक मुठभेडतर्फ जाने चेतावनी दिए । आफू अझै पनि आन्दोलनरत सबै पक्षलाई समेटेर संविधान जारी गर्नुपर्छ भन्ने पक्षमै रहेको उल्लेख गर्दै उनले भने-‘अहिलेकै अवस्थामा संविधान जारी गरिए लागू हुन सक्दैन ।’

सात प्रदेशको सीमांकनमा असहमति राख्दै आएका गच्छदारले आन्दोलनरत सबै दल र समूहको माग सम्बोधन गार्न ८ प्रदेश बनाउनुपर्नेमा जोड दिए ।

 

Womui
Womui