घरायसी विवादका कारण आत्महत्या

36

चितवन– एक युवकले आत्महत्या गरेका छन् । घरायसी विवादका कारण जिल्लास्थित माडीका एक पुरुष आत्महत्या गरेका हुन् । घरायासी विवादका क्रममा श्रीमतीलाई हतियार प्रहार गरी घाइते बनाएका ३३ वर्षीय धने विकले झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माका अनुसार गएराति एकआपसमा झगडा गर्ने क्रममा श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका विकले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । घाइते २९ वर्षीया मृतककी श्रीमति शोभा विकको प्राथमिक स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।

Womui
Womui