सोमबारदेखि चार दिन भारी वर्षा हुने

32

काठमाडौं- सोमबारदेखि (भोलि) देखि देशका अधिकांश भूभागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबाट पनि जलवाष्पयुक्त हावा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशमा भएका यसअघिको वर्षा भन्दा अत्यधिक वर्षा हुने अनुमान गर्दै सर्वसाधारणमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Womui
Womui