बाँकेमा कर अधिकृतमा कोरोना संक्रमण देखिएपछि राजस्व कार्यालय बन्द

295

नेपालगन्ज– आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, बाँके आइतबार बन्द छ । राजश्व कार्यालय कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि एक दिनका कार्यालय बन्द गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै आइतबार सबै सेवा बन्द रहने जनाएको छ।

कर्मचारीमा कोरोना भाइरस देखिएपछि सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको पीसीआर प्रविधिबाट परीक्षण गरिँदैछ ।

Womui
Womui