कोरोना संक्रमणले मृत्यु हुनेको संख्या नेपालमा ४५ पुग्यो

66

काठमाडौं– कोरोना भाइरसको संक्रमणले थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बारा परवानीपुर गाँउपालिका–४ की किशोरीको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा मृत्यु भएको हो ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी १७ वर्षीया किशोरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगन्ज हेल्थ केयर अस्पताल लगिएको थियो। वीरगञ्ज हेल्थ केयरमा गरिएको परीक्षणका क्रममा आरडीटी पोजेटिभ देखिएपछि अस्थायी कोभिड गण्डक अस्पताल पुर्‍याइएकी युवतीको केही क्षणमै मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बिहान संकलन गरिएको किशोरीको स्वाब परीक्षण गर्दा बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । रिपोर्ट आउनु दुई घण्टा अघि नै किशोरीको मृत्यु भएको बताइएको छ ।

यसअघि शुक्रबार बिहान नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचार गराइरहेका ८५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Womui
Womui