अस्पतालले भर्ना गरेन, बिरामीको एम्बुलेन्समै मृत्यु

68

विराटनगर– जिल्लामा अवस्थित अस्पतालले बिरामीलाई भर्ना गर्न नमानेपछि एम्बुलेन्समै मृत्यु भएको छ । बिरामीलाई कोरोना संक्रमण भएको हुनसक्ने भन्दै अस्पतालले भर्ना लिन नमान्दा विभिन्न अस्पताल धाउने क्रममा एम्बुलेन्समै बिरामीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कटारी नगरपालिका ५ का २३ वर्षीय पदमबहादुर राई रहेका छन्। स्वासप्रस्वास सम्बन्धी समस्या देखिएका राईलाई पहिले नोबेल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालले बिरामीमा कोरोना संक्रमण भए/नभएको प्रमाण मागेपछि प्रमाण नहुँदा अस्पतालले फर्काएको एम्बुलेन्स चालक सुवास तामाङले बताएका छन् । त्यसलगत्तै बिरामीलाई कोशी अस्पताल पुर्‍याइएको थियो । कोशी अस्पतालले पनि भर्ना लिन नमानेपछि राईको इमर्जेन्सी कक्षकै सामुन्ने एम्बुलन्समै मृत्यु भएको हो ।

Womui
Womui