गुणस्तरहीन पानी बिक्री गर्ने उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना

153

नेपालगन्ज– बाँकेमा संचालित एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको छ । गुणस्तरहीन पानी उत्पादन र बिक्रीवितरण गरेको भन्दै बैजनाथ गाउँपालिकामा संचालित मध्यपश्चिम पानी उद्योगलाई पहिलो चरणको चेतावनीसहित २ लाख रुपैयाँ जनिवाना तिराइएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको टोलीले शुक्रबार अनुगमनका क्रममा उक्त उद्योगलाई कारबाही स्वरुप जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए ।

उद्योगलाई पानीको गुणस्तर सुधार गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । गुणस्तर सुधार भएको प्रतिवेदन प्राप्त भए मात्र उद्योगलाई उत्पादन तथा बिक्री वितरण गर्न दिइने चौलागाईंले बताए ।

अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण अधिकृत नेत्रा बोगटीलगायतको सहभागिता रहेको थियो ।

Womui
Womui