१३३ थपिए, नेपालमा १८३७४ संक्रमित

32

काठमाडौं- पछिल्लो २४ घण्टामा १३३ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसले संक्रमित हुनेको संख्या १८३७४ पुगेको छ । ३९८७ जनाको पीसीआर प्रविधिबाट गरिएको नमुना परीक्षणमा १३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०७ जना कोरोना भाइरसबाट निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या १२९४७ पुगेको छ ।

Womui
Womui