प्युठानमा ३६ क्वीन्टल सलह संकलन

169

प्युठान– जिल्लास्थित नौबहिनी गाउँपालिका स्यालीवाङका स्थानीयले ३६ क्वीन्टल सलह संकलन गरेका छन् । स्थानीयले ६ दिनमा उक्त परिणामको सलह संकलन गरेर वडा कार्यालयलाई बुझाएका छन् । सलह संकलन गर्नेलाई गाउँपालिकाले प्रतिकेजी ५० रुपैयाँका दरले रकम दिने भनेपछि स्थानीयले सलह संकलन गरेर वडा कार्यालयमा बुझाएका हुन् ।

वडा कार्यालयले सलह संकलन गर्नेको नामावली गाउँपालिकामा पठाउने जनाएको छ । गाउँपालिकाले बजेट निकासा गरेलगत्तै सलह संकलन गर्नेलाई ५० रुपैयाँ प्रतिकेजीका दरले रकम दिइने भएको छ । वडा कार्यालयले संकलित सलहलाई खाल्डो खनेर पुरेको छ ।

जिल्लामा असार १५ गते देखिएको सलह कोठीभिरमा बसेको थियो । सलहले खेतीबारीमा मकै र कोदोमा क्षति पुर्‍याउन थालेपछि स्थानीयस्तरबाट आएको जनगुनासोलाई स्थानीयवासीबाट समाधान गर्ने उपाय अपनाउँदै गाउँपालिकाले साउन २ गते सलह संकलन गर्नेलाई प्रतिकिलो ५० रुपैयाँका दरले दिने निर्णय गरेको थियो ।

Womui
Womui