श्रीमती हत्यामा जन्मकैदको सजाय काटिरहेका पूर्वडीआइजी रञ्जन कोइराला रिहा

28

काठमाडौं– घरायसी विवादमा श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला बिहीबार रिहा भएका छन् । कोइरालाले २०६८ पुस २७ गते घरायसी विवादमा श्रीमतीको हत्या गरेका थिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सो फैसला पुनरावेदन अदालत पाटनले ०७२ मंसिर २३ मा सदर गरेको थियो ।

सर्वोच्च अदालतले भने जन्मकैदको सजाय घटाएर साढे आठ वर्षमा झारिदिएपछि कोइराला डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेपछि उनी रिहा भएका हुन् ।

यता महिला अधिकारकर्मी र संघसंस्थाले भने उक्त फैसलाले महिलामाथि गम्भीर प्रकृतिका घटना झन् बढ्दै जाने भन्दै आपत्ति जनाएका छन् ।

Womui
Womui