६ जिल्ला कोरोना मुक्त, देशभर ५८२५ संक्रमित

104

काठमाडौं–नेपालका ६ वटा जिल्ला कोरोना मुक्त भएका छन् । नेपालका ७७ वटै जिल्लामा कोरोना फैलिएको ७१ जिल्लामा सीमित भएको छ भने अब देशभर ५८२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला कोरोनाबाट पूर्ण मुक्त हुन सफल भएका छन् । यी जिल्लामा संक्रमितको संख्या समेत कम थियो । अहिले संक्रमित धेरैजना भएको जिल्ला भने रौतहट, कैलाली, र बाजुरा हुन् । यी जिल्लामा भने ५०० बढी सङ्क्रमित रहेका छन् ।

Womui
Womui