प्युठानमा ट्याक्टर पल्टिँदा ७ को मृत्यु

87
सांकेतिक तस्बिर ।

बाँके– प्यु्ठानमा ट्याक्टर पल्टिँदा ७ को मृत्यु भएको छ । गत राति १ बजे प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रुमालेमा लु२च ४२३४ नम्बर ट्याक्टर पल्टिँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए । स्वर्गद्वारीतर्फवाट भिङ्ग्री तर्फ आउदै गरेको ट्याक्टर दुर्घटना परेको हो । ट्याक्टर सडकबाट अन्दाजी ५ सय मिटर तल झरेको थियो । ट्याक्टरमा चालकसहित ८ जना रहेको र एकजनाले हाम फालेर ज्यान जोगाएका थिए ।

Womui
Womui