बाँकेको नरैनापुरमा २ सय घरपरिवारलाई राहत वितरण

41
राहत वितरण गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह लगायत । तस्बिरः अरुण यादव

अरुण यादव

बाँके (नरैनापुर)– बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार २ सय घरपरिवारलाई राहत वितरण गरिएको छ ।  आइएनएफ बाँकेको सहयोगमा प्राप्त राहत गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर ६ का २ सय घरपरिवारलाई वितरण गरेका हुन् । प्रत्येक घरधुरीलाई २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, २ लिटर खाने तेल, १ केजी सोयाबिन र २ थान साबुन वितरण गरिएको हो । यसका अलावा आइएनएफ बाँकेले ५ सय लिटर क्षमताको पानी ट्यांकी र स्ट्याण्ड गाउँपालिका कार्यालयलाई प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष शाहले कोरोना भाइरसको कहरले शिथिल बनेको नरैनापुरमा विभिन्न संघसंस्थाले गरिरहेको सहयोगले केही सहज भएको बताएका छन् । राहत वितरण कार्यक्रममा वडा नम्बर ६ का वडा सचिव जीवनलाल यादव, जय किसान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui