नेपालमा कोरोना संक्रमण दर घट्दैः ५७ थपिए, १०३ जना निको

33

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने १०३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३३३१ नमुना परीक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७५०२ पुगेको छ । पछिल्लो २४ घण्टामा १०३ जना उपचारपछि निको भएसँगै घर फर्कनेको संख्या ११६३७ पुगेको छ। त्यस्तै संक्रमित मध्ये नेपालमा ४० जनाको मृत्यु भएको छ ।

Womui
Womui