बाँकेको डुडुवामा सलह प्रवेश, संकलकलाई प्रति केजी २० रुपैयाँ दिइने

119

बाँके (डुडुवा)– बाँकेको डुडुवा गाउँपालिकामा सलह किराले प्रवेश गरेको छ । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रवेश गरेको नरैनापुर गाउँपालिकाको गंगापुर हुँदै बुधबार डुडुवामा प्रवेश गरेको हो । डुडुवा गाउँपालिका वार्ड नं. १ को कुडवा गाउँमा करिब ५ लाख बढी सलह देखिएको स्थानीय कृषकलाई उदृत गर्दै गाउँपालिका कृषि शाखा प्रमुख शुसिल शर्माले बताए ।
डुडुवामा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन् । भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाउने भन्ने डरले चिन्तित बनेका किसानले त्यसको नियन्त्रणका लागि सम्वन्धित निकायसंग गुहार मागेका छन् ।
डुडुवामा सलह किरा देखिएपछि गाउँपालिकाले जिल्लास्थित प्रहरी प्रशासन, कृषि ज्ञान केन्द्र, लगायत निकायमा जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए । उनले सलह किरा एक्कासि प्रवेश गरेपछि कृषि बालीलाई निकै क्षति पु¥याउने भएकाले किसानहरु आफै सर्तकता अपनाएर जोखिमबाट बच्न आग्रह गरेका छन् । सलह किरा संकलन गर्नेलाई गाउँपालिकाले प्रतिकिलो रु २० मा समेत उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । डुडुवामा देखिएको सलहलाई किसानहरुले विभिन्न उपाय अपनाएर धपाउनमा जुटेका छन् ।

Womui
Womui