नरैनापुरमा सलह प्रवेश

29

बाँके(नरैनापुर)– बाँकेको नरैनापुरमा सलह किरा प्रवेश गरेको स्थानीयले बताएका छन् । भारतको रुपैडिहा आसपासमा देखिएको सलह नरैनापुरमा पनि देखिएको हो । ठूलो संख्यामा रहेको सलहलाई किसानले अनेकन् उपाय अपनाएर धपाएको स्थानीय अरुण यादवले जानकारी दिएका छन् । रातको समयमा सलह सीमावर्ती जंगलमा बसेको बताइएको छ । नरैनापुरमा सलह किरा प्रवेश गरेको थाहा पाएपछि कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बिहीबार बिहान सलह भगाउनका लागि स्प्रे लगेर जाने बताएका छन् ।

Womui
Womui