मेलम्ची सुरुङमा २ बेपत्ता

29

सिन्धुपाल्चोक– मेलम्ची खानेपानी आयोजनाको सुरुङको दुई कर्मचारी बेपत्ता भएका छन् । सुरुङ परीक्षणका क्रममा पानीले बगाएर उनीहरु बेपत्ता भएका हुन् । परीक्षणका क्रममा २ बेपत्ता भएपछि तत्कालका लागि सुरुङ परीक्षणको काम स्थगित भएको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक परेको समयमा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर ४ जनालाई बगाएको थियो । त्यसक्रममा दुई जनाको सकुल उद्धार भएको थियो भने दुई जनालाई पानीले बगाउँदा बेपत्ता भएका थिए ।

Womui
Womui