चन्द्रबहादुरको शव ल्याउन समस्या

38

काठमाडौ, भदौ २१–
गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखिएका विश्वकै होला ब्यक्ति चन्द्रबहादुर डाँगीको शव अमेरिकी टापुबाट नेपाल ल्याउन समस्या भएको छ । कानुनी झमेला र कुटनीतिक पहल नुहँदा शव ल्याउन अप्ठ्यारो भएको हो । उनको शव अमेरिकाको आइल्याण्ड सामुआस्थित अस्पतालमा राखिएको छ । चन्द्रबहादुर विरामी भएर अस्पताल भर्ना भएपछि अहिलेसम्मको खर्च २१ लाख रापैया (करिव २० हजार डलर) पुगिसकेको छ । तर उक्त रकम कसले र कसरी तिर्ने भन्नेमा अन्यौल छ । डाँगीका सहयोगीकारुपमा अमेरिका गएका भतिजा दोलबहादर डाँगीसँग त्यत्रो रकम छैन । उनलाई अनुबन्धित गरेर त्यहाँ लगेको म्याजिक सर्कस अफ सामुआसँग पनि डाँगीको क्ुनै सम्झौता छैन, आजको अन्नपूर्णपोष्टमा समाचार छ ।

Womui
Womui