भोलीदेखि संविधान विधेयकमा दफावार छलफल हुने

39

छिनछिन खबर
काठमाडौं, भदौ २१

संविधानसभाको बैठक भोली मंगलबार बस्ने बैठकमा संविधानको विधेयकमाथि परेका संशोधनमाथिको छलफल गरिने भएको छ । बैठक भोली बिहान ११ बजे बोलाइएको छ । संशोधनको म्याद शनिबार सकिएपछि हिजो बैठकको सूचना जारी गरिएको हो । अब संशोधनसहित संविधानको विधेयकमाथि दफावार छलफल हुनेछ । त्यसपछि यसलाई संविधानको रुपमा पारित गरिनेछ । संविधान निर्माणको प्रक्रिया नरोक्ने दलहरुको निर्णयबमोजिम संविधान सभाका अध्यक्षले बैठक बोलाएका हुन् । प्रकियासँगै असन्तुष्ट पक्षसँगको वार्ता प्रयासलाई पनि जारी राख्ने दलहरुले अध्यक्षलाई जानकारी गराएका छन् ।

Womui
Womui