वास्ता नगरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी

44

छिनछिन खबर
काठमाडौ, भदौ २१
मधेसी मोर्चाका नेताहरुले प्रमुख तीन दलले अघि सारेको संविधानको मस्यौदामा संशोधन गर्ने निर्णयलाई अस्वीकार गरिदिएका छन् । कांग्रेस, एमाले र एमाओवादीले मधेसी मोर्चालाई बेवास्ता गरेको भन्दै मधेसी नेताले थप आन्दोलन चर्काउने गृहकार्य सुरु गरेका छन् । प्रमुख तीन दलले बालुवाटारमा सहमति गर्दा मोर्चाका नेताहरु शनिबार साँझ काठमाडौंमा थिएनन् ।

उपेन्द्र यादव जनकपुरमा थिए भने महन्थ ठाकुर जनकपुर पुगेका थिए । राजेन्द्र महतो कपिलवस्तु पुगेका थिए । तीन दलको शनिबार बसेको बैठकले मस्यौदामा संशोधनको प्रक्रियाबाटै अघि बढ्ने निर्णय गरेका थिए । शनिबार नै संविधानसभा सचिवालयमा संयुक्त संशोधन प्रस्ताव दर्ता गरिएको छ । हिजो वीरगञ्जमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तीनदलको यो निर्णय आँखामा छारो हाल्नका लागि ल्याइएको बताए ।

Womui
Womui