बिहीबार रातिदेखि भारतीय समाचार च्यानल नेपालमा बन्द

44

काठमाडौं- भारतीय समाचार प्रसारण हुने टेलिभिजन च्यानल अब नेपालमा बन्द हुने भएका छन् । विदेशी च्यानलहरु वितरण गर्ने कम्पनीहरुले बिहीबार रातिदेखि दूरदर्शनबाहेक अन्य सबै भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका हुन्।

नेपालबारे भारतीय टेलिभिजन समाचार च्यानलले भ्रामक सामग्री प्रसारण गर्न थालेपछि ती कम्पनीहरुले स्वतस्फुर्त रुपमा त्यस्ता न्युज च्यानलको प्रसारण नै बन्द गर्ने निर्णय गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले भ्रामक सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमविरुद्ध कडा कदम चाल्नुपर्ने धारणा राखेका थिए। नेपालसँग सीमा विवाद भएपछि भारतीय न्युज च्यानलले भ्रामक समाचार प्रसारण गरेपछि नेपालमा भारतीय समाचार च्यानल बन्द भएको हो ।

Womui
Womui