कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३५ पुग्यो

43

काठमाडौं– नेपालमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ३५ पुगेको छ । बागलुङको क्वारेन्टिनमा २९ वर्षीय युवकको आइतबार मृत्यु भएसँगै मृतकको संख्या ३५ पुगेको हो ।गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डाक्टर विनोदविन्दु शर्माका क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा युवक बस्दै आएका थिए । लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित भएको बताइएको छ ।

Womui
Womui