बझाङमा गएको पहिरोमा पुरिएका ६ को शव भेटियो

46

बझाङ– बझाङमा गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा शुक्रबार गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अझै एक जना बेपत्ता रहेको बताइएको छ । एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव फेला परेको हो । वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसीका २० घर बगाएको थियो । राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अरुले भागेर ज्यान जोगाए पनि सात जना पुरिएका थिए।

त्यस्तै स्थानीय बासिन्दाका अनुसार यस घटनामा २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु समेत पहिरोमा बगेका छन् । यस गाउँमा ६५ घर परिवार छन् । बस्तीको बीचबाट आएको पहिरोका कारण अहिले गाउँ नै जोखिममा परेको छ।

Womui
Womui