नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

206

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ जना पुगेको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ३३ पुगेको हो ।

शुक्रबार आइसोलेशनमा भर्ना भएका संक्रमितको शनिबार बिहान ५ बजे मृत्यु भएको गोरखा अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । मृतक यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका उनलाई लगातार खोकी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । उनी मधुमेहका दीर्घरोगीसमेत रहेका  थिए ।

Womui
Womui