टिप्पर दुर्घटनामा २ को मृत्यु

91

दाङ– टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। प्युठानको खप्रेङ खोलाबाट दाङको कालाकाटेमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना७ख८९३८ नम्बरको टिप्पर सरुमारानी गाउँपालिकाको वडा नम्बर छ मोतीपुरमा दुर्घटना हुँदा ३० वर्षीय चालक रोशन थापा र २७ वर्षीय सहचालक जोगबहादुर पुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठान अनुसार टिप्पर सडकदेखि ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा टिप्पर चालक नौबहिनी गाउँपालिका ६ पिपलटारीका हुन् भने सहचालकको ठेगाना खुल्न सकेको छैन।

Womui
Womui