७४० थपिए, नेपालमा १५२५९ संक्रमित

30

काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा ७४० जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। यो एक दिनमा संक्रमण पुष्टि भएको संख्याको सर्वाधिक हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा कूल संक्रमितको संख्या १५२५९ पुगेको जानकारी दिए।

यस्तै, कोरोना संक्रमणमुक्त भई घर फर्कनेको संख्या ६१४३ पुगेको छ।

Womui
Womui