गुल्मीमा पहिरोले घर बगाउँदा १८ महिने शिशुको मृत्यु, सात वर्षीया बालिका बेप्ता

229
सांकेतिक तस्बिर ।

काठमाडौं– गुल्मीमा पहिरो जाँदा १८ महिने शिशुको मृत्यु भएको छ भने सात वर्षीया बालिका बेपत्ता भएकी छिन् । गुल्मीस्थित इश्मा गाउँपालिका–१ मल्दीमा पहिरोले बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको छ भने सोही ठाउँ बस्ने ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उनकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको हो । एक बेपत्ता भएका छन् ।

Womui
Womui