४८ दिने शिशुसँगै कोरोना संक्रमणले नेपालमा ३१ को मृत्यु

270

काठमाडौं– कोरोना भाइररसको संक्रमणले नेपालमा थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा ३१ जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ।

घाँटीमा समस्या देखिएकी ४८ दने शिशुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । गत मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ती शिशुको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

म्याग्दीका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि ती शिशुको सोमबार घाँटीको शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

Womui
Womui