कोरोना परीक्षणका लागि तीन निजी अस्पतालले पाए अनुमति, थप ७ लाई अनुमति दिने तयारी

120

काठमाडौं– कोरोना भाइरस संक्रमणको परीक्षण गर्न तीन अस्पतालले अनुमति पाएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं मेडिकल कलेज, स्टार हस्पिटल र सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरीले कोरोना परीक्षणको अनुमति पाएका हुन् । साथै अझै ७ वटा निजी अस्पताललाई सरकारले अनुमति दिने तयारी गरेको छ ।

सरकारी प्रयोगशालालाले नमुनाको चाप धान्न नसकेपछि निजीमा जाने निर्णय सरकारले गरेको हो । हाल सरकारले करिब डेढ दर्जन प्रयोगशालाबाट परीक्षण गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुमति पाएका प्रयोगशालाले परीक्षणको लागि आवश्यक सरसामान र उपकरणको जोहो भने आफै गर्नु पर्नेछ । प्रयोगशालामा बढी भएका नमूनाहरू निजी प्रयोगशालामा परीक्षण गरिनेछ भने कुन परीक्षण निजीमा गर्ने भन्ने निक्योल भने मन्त्रालयले गर्ने छ ।

Womui
Womui