बाँकेका २४ क्रसर उद्योग बन्द गरिने

142

बाँके–जिल्लामा संचालित २४ वटा क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्ला अनुगमन तथा व्यवस्थापन समितिको आइतबार बसेको बैठकले मापदण्ड विपरीत संचालित क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो । समितिका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा बसेको समितिको बैठकले लाइसेन्स नभएका, नवीकरण नगराएका र कानून अनुसारको मापदण्ड नपुगेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको छ ।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुनर्संरचना भई कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।

२६ वटा उद्योगमध्ये मापदण्ड पुर्‍याएर दर्ता हुन आएका ३ वटा उद्योग छन् । त्यसबाहेक २३ र विभागमा दर्ता भएको १ गरी २४ वटा उद्योगलाई बन्द गराउन लागिएको हो ।

Womui
Womui