२० जना घर फिर्ता भएसँगै राप्तीसोनारी–२ का सबै क्वारेन्टाइन खाली

135

बाँके(राप्तीसोनारी)–राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का कचनापुरका सबै क्वारेन्टाइन खाली भएका छन् । राप्तीसोनारी–२ कचनापुरस्थित लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसमा रहेको २० जना क्वारेन्टाइनबाट घर फिर्ता भएपछि त्यहाँ रहेका  तीनवटै क्वारेन्टाइन खाली भएको २ नम्बर वडाका वडाध्यक्ष मदनकुमार ओलीले बताए ।

उनीहरु सबैको स्वाब संकलन गरी पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको थियो । भारतको विभिन्न सहरबाट आएका उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आइतबार घर फिर्ता पठाइएको हो ।

उनीहरुलाई घर फिर्ता पठाइए पनि हप्तादिन होम क्वारेन्टिनमा बस्न निर्देशन दिइएको वडाध्यक्ष ओलीले जानकारी दिए । ‘कोरोना भाइरसबारे आफू पनि बच्ने र अरुलाई पनि बचाउने उपायबारे परामर्श गरेर घर पठाएका हौं,’ वडाध्यक्ष ओलीले भने ।

Womui
Womui